Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जोईन खबर

३, बैशाख २०८२
  • 817
    SHARES
  • आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    ३ वैशाख काठमाडौा । आज हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ।

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १०:०२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको