Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

जोईन खबर

३, बैशाख २०८२
  • 922
    SHARES
  • सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

    ३ वैशाख काठमाडौँ । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

    images

    आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए ।

    images
    images
    images

    तीमध्ये १२ विदेशी रहेका थिए । यस घटना बारे अनुसन्धान भई रहेको छ । अहिले उक्त विमानमा रहेका सवार यात्रुहरु अर्काे विमान मार्फत गन्तव्य तर्फ लागेका छन् । 

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १३:०३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको