३ वैशाख काठमाडौँ । केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना प्रहरी कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ ।
गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौँमा कार्यरत कर्मचारीहरूले एक युवकमाथि दुर्व्यवहार गरेको भिडियो विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएको थियो । त्यस घटनाको प्रहरीले उनीहरूमाथि थप अनुसन्धान समेत गरेको छ ।
सो सम्बन्धमा सो कार्यमा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरूलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा प्रहरी कार्यालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।