Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काभ्रेको पाखाटोलमा  आगलागी हुँदा दुई जना घाइते 

 काभ्रेको पाखाटोलमा  आगलागी हुँदा दुई जना घाइते 

जोईन खबर

५, बैशाख २०८२
  • 640
    SHARES
  •  काभ्रेको पाखाटोलमा  आगलागी हुँदा दुई जना घाइते 

    ५ वैशाख काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा न -१० पाखाटोलका आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । हिजो  दिउँसो रोशी गाउँपालिका वडा न -१० पाखाटोलका  कुमार रेग्मी मगरको घरमा  लागेको आगलागी  भएको हो ।

    images

    घटनामा  रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।

    images
    images
    images

    घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

    उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटार प्रहरी तथा स्थानियले निभाइका हुन् । उक्त घटनाको क्षेती बारे अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - ११:४३:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको