७ वैशाख काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलनले नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेको हो । शिक्षकहरूले निन्तर १८/१९ दिनबाट माइतीघरदेखि बानेश्वरसम्मको सडक पुरै ढाकेर प्रदर्शन गर्दा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।
त्यस पछि आज अर्काे समूह राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नेताहरु पक्राउको रिहाईको मागसहित विभिन्न स्थानमा निषेधित क्षेत्र तोडने तयारलिे आन्दोलन गर्न माग गरेको छ । अहिले प्रहरीले सवारी साधनहरूलाई विभिन्न ठाउँबाट डाइभर्ट गरिरहेको छ। त्यसैगरी भद्रकाली हुँदै गइरहेका सवारी साधनलाई माइतीघरबाटै डाइर्भट गरिएको छ। त्रिपुरेश्वरबाट गइरहेको सवारी साधनलाई थापाथलीबाटै डाइर्भट गरिएको छ।
प्रदर्शनले गर्दा ट्राफिक व्यवस्थापनमा भने कठिनाइ भइरहेको छ । मुख्य सडक बन्द हुँदा अहिले भित्री सडकमा सवारीको चाप बढेनेृ गरेको छ । अत्यावश्यक बाहेक उक्त क्षेत्रमा यातायात सञ्चालन नगर्न प्रहरीले आग्रह गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । उनीहरू १९ दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन् । ।