Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिराखेका  अमृत साइन्स क्याम्पसका  बिधार्थी नेता पक्राउ 

नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिराखेका  अमृत साइन्स क्याम्पसका  बिधार्थी नेता पक्राउ 

जोईन खबर

८, बैशाख २०८२
  • 649
    SHARES
  • नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिराखेका  अमृत साइन्स क्याम्पसका  बिधार्थी नेता पक्राउ 

    ८ वैशाख काठमाडौँ । नेपाल प्रहरीको जवान पदको परीक्षामा नक्कली परीक्षार्थीको रूपमा परिक्षा दिराखेका स्ववियु सचिव  गोपालबहादुर शाही  पक्राउ परेका छन् । पक्राउ  परेका उनी  हाल काठमाडौंको पिपल बोटमा रहेको  अमृत साइन्स  क्याम्पस अध्यायन गर्ने बिधार्थी रहेको अनुसन्धानमा खुल्न आएको  छ ।

    images

    परिक्षा हलबाट पक्राउ परेका शाही गत चैत १० गते एमाले निकट अनेरास्ववियुको प्यानलबाट स्ववियुको सचिव पदमा निर्वाचित भएका थिए। नेपाल प्रहरीको परिक्षा नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहदा  शाहीसहित  ६ जना नक्कली पक्षिार्थीहरु पक्राउ परेका थिए ।

    images
    images
    images

    पक्राउ पर्नेमा    स्ववियु सचिव  गोपालबहादुर शाही (कालीकोट), मोहन सुनुवार (दोलखा), मनोज शर्मा (सुर्खेत), आकाश खड्का (दैलेख), उमेश शर्मा (सुर्खेत) र मीन रावल (जुम्ला) रहेकाम प्रहरीले  बताए ।। प्रहरीले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - ११:००:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको