Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाथीभरा मन्दिर दर्शन गर्न हिडेको जिपमा आगलागी हुदाँ ४ जनाको मुत्यु २ जना घाइते

पाथीभरा मन्दिर दर्शन गर्न हिडेको जिपमा आगलागी हुदाँ ४ जनाको मुत्यु २ जना घाइते

जोईन खबर

८, बैशाख २०८२
  • 703
    SHARES
  • पाथीभरा मन्दिर दर्शन गर्न हिडेको जिपमा आगलागी हुदाँ ४ जनाको मुत्यु २ जना घाइते

    ८ वेशाख काठमाडौँ । पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा आगलागी हुँदा ४ जनाको मृत्यु र २ जना घाइते भउका छन् ।  फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४स्५० बजेतिर करेन्ट लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाउको छ ।

    images

    घटना  बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ।घटनास्थलमा ४ जनाको मृत्यु भएको छ। अरु २ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ। घटनामा परेर जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

    images
    images
    images

    आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य सन्ध्या गम्भीर घाइते र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन्। आगोले जलेर सविनाकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाको माइततर्फका बुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, ममी ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु का ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले बताए । गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १३:०१:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको