९ वेशाख काठमाडौँ । राप्रपाले राजतन्त्र पुनर्स्थापना र गिरफ्तार भएका पार्टीका नेताहरूको रिहाइको माग गर्दै मंगलबार बबरमहल काठमाडौँ जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शन गरेको छ ।
उनहिरले “अवस्था बदल्न व्यवस्था बदलौँ” भन्ने मूल नाराका साथ राप्रपाको काठमाडौँ जिल्ला इकाइले प्रदर्शन गरेको हो । राप्रपाले आजै देशभरका सबै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनको कार्यक्रम तय गरेको छ ।
उनीहरुले यो भन्दा अघि पनि निषेधित क्षेत्र तोडने भन्दै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।