१० वैशाख काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ बारपाकमा १० औं भूकम्प स्मृती दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छन् । भूकम्प १० बर्ष अघि २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर गएको थियो । त्यसैलाई आधार मानि ‘गोरखा भुकम्प’को सम्झनामा बारपाक सुलिकोट गाउँपालिकाले हरेका बर्ष जस्तै यो बर्ष पनि सार्वजनिक बिदा गरिने एक सूचान मार्फत जानकारी गराएको छ ।
गाउँपालिकाले गत आइतबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिका अन्तरगतका सरकारी, गैरसरकारी संस्थाका कार्यालय तथा गाउँपालिकाले विभिन्न कार्यक्रम जसमा गाउँपालिका वडा न १ बारपाकको हिमालय मा।विको प्राङगणमा श्रदाञ्जली कार्यक्रम गर्ने तयारी गरिएको छ ।उक्त कार्यक्रममा भूकम्प सम्बन्धी फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम समेत हुने बताइएको छ । उक्त कार्यक्रम राजधानी देखि राष्ट्रिय जनवादि कलकार झंबार मगर तथा राष्ट्रिय लाेकदाेहाेरी गायक सागर गुरूङकाे वेजाेड सांगितिक प्रस्तृती समेत रहने छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का सांसद पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस का नेता गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’का सांसद सुरेन्द्रराज पाण्डे, प्रदेह तथा जिल्ला पार्टीका नेता कार्यकर्ताहरु लगायत उपस्थिति हुने छ ।
यस पालिकाले भुकम्प गएको बर्ष देखि अहिले सम्म केन्द्रबिन्दु बारपाकमा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर भूकम्प स्मृति दिवश मनाउदै आएको पालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनु भयो ।