Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतका आवासमन्त्री मनोहरलाल मुक्तिनाथ पुगे

भारतका आवासमन्त्री मनोहरलाल मुक्तिनाथ पुगे

जोईन खबर

१०, बैशाख २०८२
  • 637
    SHARES
  • भारतका आवासमन्त्री मनोहरलाल मुक्तिनाथ पुगे

    १० वेशाख काठमाडौँ । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टर मुक्तिनाथमा पुगेका छन् । मन्त्री खट्टर आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् ।

    images

    उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरेका छन् ।दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

    images
    images
    images

    टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका छन् ।त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

    प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १२:४०:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको