Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संघीय निजामती  विधेयकमा माओवादी केन्द्रले तीन बुँदे असहमति 

संघीय निजामती  विधेयकमा माओवादी केन्द्रले तीन बुँदे असहमति 

जोईन खबर

१०, बैशाख २०८२
  • 814
    SHARES
  • संघीय निजामती  विधेयकमा माओवादी केन्द्रले तीन बुँदे असहमति 

    १० वैशाख काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका हुन् ।

    images

    उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राखेका हुन् ।हाल कुलिङ पिरियड एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।

    images
    images
    images

    यसमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताए
    यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि पाण्डेले असहमति राखे ।

    यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने धारणा छ ।पाण्डेले भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक रहेको उनले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १२:५९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको