१० वैशाख काठमाडौँ । नेकपा एमालेका युवाहरुले भोली लोकतन्त्र दिवसका दिन ‘युथ सेलिब्रेशन’ को आयोजना गर्ने भएका छन् । युवाले भोली बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको हो ।
नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूपमा युवाको सहभागिता रहने पार्टी केन्द्रका महासचिव शंकर पोखरेल बताए । युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।
जनआन्दोलन २०६२र६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाइन्छ। कार्यक्रममा देशभरका युवा सहभागी हुनेछन्।
लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरेको हो । एमालेले भृकुटीमण्डप क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न पत्राचारसमेत गरेको छ।