Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिलाहरुलाई जीविकोपार्जनमा सघाउन  भच्चेक बजारमा तीन महिने निशुल्क  सिलाई कटाइ तालिम संचालन 

महिलाहरुलाई जीविकोपार्जनमा सघाउन  भच्चेक बजारमा तीन महिने निशुल्क  सिलाई कटाइ तालिम संचालन 

जोईन खबर

११, बैशाख २०८२
  • 643
    SHARES
  • महिलाहरुलाई जीविकोपार्जनमा सघाउन  भच्चेक बजारमा तीन महिने निशुल्क  सिलाई कटाइ तालिम संचालन 

    ११ वैशाख काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन  गरिएको छ । अजिरकोट गाउँपालिका वडा न ३ को भच्चेक बजारमा तालिम सञ्चाल हुदै आएको छ ।

    images

    सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा तालिम संचालन भएको गाउपालिका प्रमुख प्रशासकव्य अधिकृत रचना बुढथोकीले बताउनु भयो । तालिममा अजिरकोट गाउँपालिका भित्रका २० जना महिलाहरुले सहभागिता   रहेका छन् ।

    images
    images
    images

    तालिममा कक्षा आठ उतीर्ण गरेका र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका दलित, अपाङ्ग, सहिद परिवार, द्वन्द्व पीडित, वैदेशिक रोजगारीबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकता  दिने गरि गरिदै छ ।

    महिलाहरुलाई जीविकोपार्जनमा सघाउन र उनीहरुलार्ई उद्यमी बनाउन तालिम संचालन गरिएहो ।  तीनमहिने सिलाई कटाई तालिमपछि महिलाहरुमा उद्यमशिलताको क्षमता विकास हुने  पनि विश्वास गरेका छन् ।

    तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले नै उपलब्ध गराएको छ । 

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १०:५७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको