Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्री र पूर्व उपाप्रधानमन्त्री भोली बारपाक जाने 

पूर्वप्रधानमन्त्री र पूर्व उपाप्रधानमन्त्री भोली बारपाक जाने 

जोईन खबर

११, बैशाख २०८२
  • 712
    SHARES
  • पूर्वप्रधानमन्त्री र पूर्व उपाप्रधानमन्त्री भोली बारपाक जाने 

    ११ वैशाख काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  पूर्व उपाप्रधानमन्त्री  एवम माओवादी  केन्द्रका वरिष्ठ उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ  भोली गोरखाको बारापक जाने तयारी रहेको छ । उनीहरु दुवैजान २०७२ मा गएको भूकम्पको केन्द्रबिन्दु  गोरखाको बारपाक जाने भएका हुन् ।

    images

    माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड र उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ सहितका  माओवादीका केही नेताहरू  भोली शुक्रबार  भूकम्प स्मृति कार्यक्रम जाना लाग्नु भएको हो ।  पूर्व प्रधानमन्त्री  प्रचण्ड  गोरखा क्षेत्र नम्बर २ का सांसद हुन् ।

    images
    images
    images

    बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ ।उक्त कार्यक्रममा  गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस का नेता गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’का सांसद सुरेन्द्रराज पाण्डे, प्रदेह तथा जिल्ला पार्टीका नेता कार्यकर्ताहरु लगायत उपस्थिति हुने छ ।

    यस पालिकाले भुकम्प गएको बर्ष देखि अहिले सम्म केन्द्रबिन्दु बारपाकमा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर भूकम्प  स्मृति दिवश मनाउदै आएको  पालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनु भयो ।  गोरखाबाट फर्केपछि माओवादीले देशका जल्दाबल्दा समस्याबारे अन्य प्रतिपक्षी दलसँग कुरा गर्ने जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ११:२६:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको