११ वैशाख काठमाडौँ । राजधानी काठमाडौँको अनामनगर क्षेत्रमा ज्याकाराण्डाअरुले नयाँ सौन्दर्य दिएको छ । वसन्तको मीठो झल्कोले अनामनगर सडक ढकमक्क पारेको छ । यो फुल सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् ।
यि रुख ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् ।
सडकका दुबै किनारामा यो फुल फुलेको छ । यस फुले दिएको सौन्दर्यले बाटोमा हिडेका व्यक्तिहरुले पनि फोटो लिने गरेका पाईन्छ । 


