११ वैशाख काठमाडौँ । ट्राफिक चेकजाचको क्रमम विवाद हुदा एक जना व्यक्तिलाई कुटिएको भिडिओ आज भोली सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ ।
उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ ।
कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ ।
सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन् ।
यो भिडिओ कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन ।यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ ।