Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखा  धार्चेमा चार घरधुरी भूमिहिन दलितलाई जग्गाधनी पुर्जा हस्तन्तरण 

उत्तरी गोरखा  धार्चेमा चार घरधुरी भूमिहिन दलितलाई जग्गाधनी पुर्जा हस्तन्तरण 

जोईन खबर

१४, बैशाख २०८२
  • 697
    SHARES
  • उत्तरी गोरखा  धार्चेमा  चार घरधुरी भूमिहिन  दलितलाई जग्गाधनी पुर्जा हस्तन्तरण 

    १४ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले हिजो  भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा एक कार्यक्रम बिच हस्तन्तरण गरेका छन् । गाउपालिकाले  भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराएको गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले   जानकारी  दिनु भयो । पालिका भरिका यि व्यक्तिले पाए  जग्गाधनी पुर्जा जसमा   मंगले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको  गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले  बताउनु भयो ।

    images

    बि।सं। २०८० चैतमा नै  गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको हो । गाउँपालिकामा भूमिहीन सुकुम्वासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।

    images
    images
    images

    धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ । गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित परिवारलाई पुर्जा हस्तान्तरण गरेका हुन् । बि.सं.२०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

    जग्गाको पुर्जा  पाउने एक व्यक्ति मंगले विकले भने  आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको  बताए ।अहिले भूमिहीन दलित  परिवारलm गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिदा धेरै खुसी भएको पनि प्रमुख प्रशासकयि अधिकृत सुनारले बताउनु भयो । वर्षौँपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । उनीहरले पाएको जग्गा क्रमह २४१.१४,२४४.२५,१९५.५० र ३४० बर्गमिटर क्षेत्रफल  रहेको छ।  त्यस पालिकामा तत्काल ८ भर धुरलिाई लालपूर्जा दिनु पर्ने थियो तर कार्यालयको  प्राविधिक कारणले ४ घरधुरीलाइ मात्र वितरण गरिएको हो । अब केही महिना भित्र हामीले  अरुलाई पनि विवरण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत  सुनारले बताउनु भयो । 

    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - १२:२७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको