१४ वैशाख काठमाडौँ । शिक्षक र प्रहरीबिच झडप हुदा केशी शिक्षकहर घाईते भएका छन् । उक्त झडपलाई लिएर नेपाल शिक्षक महासंघले आजै बैठक बोलाएको छ । आन्दोलनले ठुलो रूप लिएपछि महासंघले आकस्मिक बैठक बस्ने निर्णय गरेको हो ।आज दिउँसो ३ बजे बानेश्वरको रत्नराज्य माविमा महासंघले बैठक बोलाइएको छ ।
बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूको उपस्थिति हुने छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनको विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।प्रहरीसँगको झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
घाइते शिक्षकहरूलाइ सिभिल हस्पिटल लगिएको छ ।सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको नेपाल शिक्षक महासंघले जनायो काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा शिक्षक र प्रहरीसँग झडप भएको छ ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेका छन् ।