१५ वैशाख काठमाडौँ । आज साझा मन्त्रिपरिषदको बैठक बस्ने भएका छन् । बैठक बेलुका साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठक नियमित भए पनि निकै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ। यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ। नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन्।
गभर्नर पद भने २४ चैतपछि रिक्त छ।यसैगरी प्रहरीका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० नियुक्त गर्ने छ।