Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले  सुनकोशी गाउँपालिकाले कृषकलाई नि : शुल्का मौरीघार र मौरीगोला वितरण

जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले  सुनकोशी गाउँपालिकाले कृषकलाई नि : शुल्का मौरीघार र मौरीगोला वितरण

जोईन खबर

१५, बैशाख २०८२
  • 844
    SHARES
  • जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले  सुनकोशी गाउँपालिकाले कृषकलाई नि : शुल्का मौरीघार र  मौरीगोला  वितरण

    १५ वैशाख काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले स्थानिय कृषकलाई नि शुल्क मौरीघार वितरण गरेको छ । गाउपालिकाको कृषि विकास शाखाले स्थानीय कृषकहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले ३५ जना कृषकलाई मौरीगोला सहितको निःशुल्क मौरीघार वितरण  गरिएको गाउँपालिका प्रमुख  प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनु भयो । पालिकाले  वितरण गरेको मौरीघार गोला कार्यक्रममा  सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, कृषि विकास  शाखाका कर्मचारीहरूको उपस्थिति सम्पन्न भएको थियो ।

    images

    उक्त मौरीघार वितरण संगै कृषकहरूलाई मौरीपालनको महत्त्व, यसको व्यावसायिक सम्भावना र वातावरण संरक्षणमा यसको योगदानबारे पनि पालिकाले जानकारी गराएको छ । यस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले हामीले  मौरीपालनबाट  कृषकहरूको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने  समेत बताउनु भयो । “मौरीपालनबाट कृषकहरूले थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्छने पनि अध्यक्ष बोहरा दाहालले बताउनु भयो । ।  गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको र आगामी दिनमा थप पहलहरू गरिने प्रतिबद्धता समेत व्यक्त गर्नृ भएको छ ।

    images
    images
    images

    यसै गरि  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पालिका  उपाध्यक्ष कपिल कुमार कोइरालाले मौरीपालनजस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका कृषकहरूको जीवनस्तर उकास्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। पालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले मौरीपालनका लागि आवश्यक प्राविधिक सहयोग र तालिम उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको जानकारी दिनुभयो। “कृषकहरूलाई मौरीघार मात्र वितरण गरेर पुग्दैन, उहाँहरूलाई यो पेसालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्ने बनाउन हामी प्राविधिक सहयोग र बजार व्यवस्थापनमा पनि जोड दिने बताउनु भयो ।

    कृषि विकास शाखाका प्रमुखले वितरण गरिएका मौरीघारहरू गुणस्तरीय रहेको र मौरीगोलासहित प्रदान गरिएकोले कृषकहरूले तत्कालै मौरीपालन सुरु गर्न सक्ने बताउनुभयो। वितरण कार्यक्रममा सहभागी कृषकहरूले गाउँपालिकाको यो पहलप्रति खुसी व्यक्त गरेका छन्। “हामीले मौरीघार निःशुल्क पाएका छौँ। यो हाम्रो लागि ठूलो अवसर हो। अब हामी मौरीपालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने तयारी गर्ने तयारमिा रहेको स्थानीय कृषक यम बहादुर सुनुवारले बताउनु भयो । गाउँपालिकाले आगामी दिनमा पनि कृषकमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

     

     

    प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - १३:१६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको