१५ वेशाख काठमाडौँ । हिजो साझा गोरखामा चट्याङ लागेर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रम आज बिहान मृत्यु भएको छ । उक्त चट्यङबाट अरु दुई जना घाइते भएका छन् ।
हिजो गोरखा लगायत देशका विभिन्न स्थानमा वर्षासहित परेको चट्याङ लागेर घरमा बसिरहेको अवस्थामा शहीद लखन गाउँपालिका वडा नं १ बक्राङका ४२ वर्षीय राजु खनाल बेहोस भएर उपचार गर्ने गोरखा अस्पताल भर्नाभएको उनको उपचारको क्रम मृत्यु भएको गोरखा अस्पतालका एक चिकित्साले जानकारी दिनु भयो ।
खनालको गोरखा अस्पतालमा राति मृत्यु भएको हो । चट्याङ लागेर गोरखा पालुङटार नगरपालिका वडा नं ७ बस्ने वर्ष ५० कि सुकमाया आले र उहाँकी बुहारी वर्ष १८ कि विपना आले पनि घाइते भएका छन् ।
उनीहरुको चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घाइते दुई जनाको स्वस्थ्य अवस्था बारे खबर आएको छैन् ।