१५ वैशाख काठमाडौँ ।२७ औँ दिन देखि आन्दोलन गरि रहेका शिक्षकहरुको आन्दोलनमा सहभागि हुन पुगेका नेताहरु लाई शिक्षकले नाराबाजी गरेर बस्न नदिएका छैनन् ।
शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका नेताहरू पुगेका बेला शिक्षकहरुले नाराबाजी गरेका थिए । आज नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे ।आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।
लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ,भनेका छन् ।