१७ वैशाख काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई आज प्रहरीले पक्राउ गरेको हो । प्रज्ञा भवनमा जनमत र नाउपा पार्टी एकताको कार्यक्रम हुँदै थियो। उक्त कार्यक्रम सुरू हुनुपूर्व नै रेशम पक्राउ परेका हुन्।
रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनासम्बन्धी सर्वोच्च अदालतबाट कारागाभित्रै राख्नु भनेर पछिल्लो आदेश दिए पछि फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएर डिल्लीबजार कारागारमा लगिएको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी एकता घोषणा हुन लाग्दा चौधरीलाई नेपाल प्रहरीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको बताए।पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशम चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ।