Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा हिजो साझा देखि नै हल्का बर्षा 

काठमाडौँमा हिजो साझा देखि नै हल्का बर्षा 

जोईन खबर

१८, बैशाख २०८२
  • 757
    SHARES
  • काठमाडौँमा हिजो साझा देखि नै हल्का बर्षा 

    १८ वैशाख काडमाडौँ । काठमाडौँ उपत्यकामा  हिजो साझा देखि नै वर्षा भइरहेको छ ।   जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो । हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् ।

    images

    काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू ढिले भएका छन् । मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ । काठमाडौँ लगायत देशका धेरै क्षेत्रमा मौसम बदली भएको छ ।

    images
    images
    images

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - १०:३६:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको