Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जादै

उत्तरी गोरखाको छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जादै

जोईन खबर

१९, बैशाख २०८२
  • 676
    SHARES
  • उत्तरी गोरखाको छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जादै

    १९ वैशाख  काठमाडौा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा न –७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जादै छन् ।  मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर जान थालेका एक  स्थानीयले बताए र  “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन् ।  “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ ।

    images

    यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ । चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकमा पनि यार्सागुम्बा पाइन्छ ।छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेका निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामाले बताएका  छन् । लेकमा अझै हिउँ जमिरहेको छ । यो वर्ष हिउँ ढिला पर्‍यो, लेक गएका पनि हिउँ पन्छ्याउँदै होलान् ।

    images
    images
    images

    वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र फर्कने गर्छन् । स्थानीय बासिन्दाले करिब दुई–अढाइ महिनालाई पुग्ने गरी याक–चौंरीलाई रासनपानी तथा लत्ताकपडा बोकेर लैजान्छन् ।यार्साको मोसम सुरु भएपछि अधिकांशले घरमा ढोका लगाएर जहान परिवार, घरपालुवा पशुचौपाया सबै लेकमै लिएर जान्छन् ।

    यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो । उनीहरूले यार्सागुम्बा बेचेर रु दुई लाखदेखि चार लाखसम्म कमाउने गर्दछन् । “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुइटा मात्र पाउने गरेको छ । यार्सागुम्बा संकलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र पालिकाका लागि रु ५०० तिर्नुपर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १४:२०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको