१९ वैशाख काठमाडौँ । उत्तरी गोरखा धार्चे गाँउपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङ्गको देशभक्ति “बुद्धभूमि” बोलको गीत बजारमा सावैजानिक भएको छ।
बुद्धभूमि मिचिएला, सगरमाथा थिचिएलाु निकै मार्मिक र देशप्रेमले भरिएको राष्ट्रियतालाई चित्रण गर्दै गीतको भिडियो निर्माण गरिएको छ ।गोबिन्द एनेकको रेकडिङ्ग तथा श्यामश्वेत रसाईलीको मिक्सिङ्गमा सुमन पण्डितको संगीत रहेको उक्त भिडियोमा सुरेश श्रेष्ठले छाँयाकन तथा टेकेन्द्र शाहाको सम्पादन रहेको छ ।
प्रकाश् भट्टको निर्देशनमा गायिका सुनिला गुरुङ्ग तथा गायक कृष्ण के सि को आवाजमा रहेको राष्ट्रप्रेमले ओतप्रोत “बुद्धभूमि” गीत सुनिला गुरुङ्गको युटूव च्यानलबाट भर्खरै मात्रै ९भिडियो सहित० सार्वजनिक भएको हो ।