Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लायन्स कप भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

लायन्स कप भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

जोईन खबर

२१, बैशाख २०८२
  • 568
    SHARES
  • लायन्स कप भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

    २१ वैशाख काठमाडौँ । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ ।

    images

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरारंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमनगर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंकरहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंककाआधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।समूह ।बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० कोसोझो सेटमा पराजित गरेको थियो ।

    images
    images
    images

    दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१को सेटमा पराजित गरेको हो ।यसअघि समूह । ए’ बाट सशस्त्र प्रहरी बल (एपिएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपिएफउपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो ।सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ।।।ए’ कोविजेता इरानी टोली र समूह बीको उपविजेता टीम त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ए उपविजेताटोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु
    हुनेछ । फाइनल खेल सोमबार हुनेछ । 

    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - ०७:४५:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको