२१ वैशाख काठमाडौा । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुले बिच आज भेटवार्ता भउको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।
आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।