२२ वैशाख काठमाडौँ । ललितपुरमा बिजुलीको पोलमा कार ठोक्किदा ३ जना घाइते भएका छन् ।घटना गए राति ११ बजे भएको हो । चालकले मापसे गरेर चलाएको कार पोलमा ठोक्किएको अनुसान्धानमा हुलेको छ ।
दुर्घटना ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा।१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कार बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कार चालक ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले मापसे गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीले बताएका छन् ।दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् । घाइतेहरुको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।