Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

जोईन खबर

२२, बैशाख २०८२
  • 847
    SHARES
  • राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

    २२ वैशाख काठमाडौँ । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन् ।

    images

    २ मा जित र १ मा हार व्यहोरेको गण्डकी ६ अंकसाथ दोश्रो भयो ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा ३ अंकसाथ मधेश प्रदेश तेश्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे ।आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिइन् भने मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी बनिन् ।

    images
    images
    images

    गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल डिफेन्समा उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - २१:५६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको