२३ वैशाख काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिकाभित्र वडा नम्बर ७ उत्कृष्ट वडा भएको छ।गाउँपालिकाको मूल्याङ्कनका आधारमा वडा नम्बर ७ उत्कृष्ट भएको हो।
उत्कृष्ट वडालाई गाउँपालिकाले पुरस्कृत गर्दै गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट थप गरिदिएको वडाध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । गाउँपालिकाले वडाभित्र भौतिक पूर्वाधार निर्माणका लागि थप पाँच लाख रुपैयाँ बजेट पुरस्कार स्वरूप दिएको पनि उनले जानकारी दिए।गत वर्ष पनि वडा नम्बर ७ नै उत्कृष्ट भएको थियो।
वडाध्यक्ष श्रेष्ठले आफूले पाउने तलबभत्ता पनि सामाजिक काममा लगाउँदै आएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार भई अध्यक्ष जितेका थिए।