Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली सेनामा कार्यरत खत्रीले आफनो श्रीमतीको हत्या गरे , कारण यस्तो !

नेपाली सेनामा कार्यरत खत्रीले आफनो श्रीमतीको हत्या गरे , कारण यस्तो !

जोईन खबर

२३, बैशाख २०८२
  • 757
    SHARES
  • नेपाली सेनामा कार्यरत खत्रीले आफनो श्रीमतीको हत्या गरे , कारण यस्तो !

    २३ वैशाख काठमाडौँ । नेपाली सेना आर्मीले आफनो श्रीमतीको हत्या गरेका छन् ।  श्रीमतीको मोबाईलमा अर्कै पुरुषको फोटो देखेपछि नेपाली सेनाबाट डेढ घण्टाअघि मात्र फर्किएका २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको हत्या गरेका हुन् । उनीहरुको  सम्बन्ध पाँच  वर्षदेखि  खटपट चलिरहेका  अनुसन्धानमा खुलेको छ ।

    images

    उनीहरूबीच आपसी शंका, झगडा र सम्बन्ध विच्छेदसम्मको कुरा चलेको थियो। दशैंमा पनि घर नआएका दर्शन शनिबार साँझ बिदा लिएर छिन्चु पुगे र प्रेमालाई सामान लिन बोलाएका थिए । छिन्चु बजारमा एकाएक श्रीमानलाई देखेपछि प्रेमाले झुट बोलेको भन्दै सोधिन्।

    images
    images
    images

    त्यसपछि घर फर्किने क्रममा बाटोमै उनीहरूबीच झगडा सुरु भयो। झगडाको बीचमा दर्शनले प्रेमको मोबाइल खोसी अर्का पुरुषको फोटो देखेपछि रीसमा आएकाले ढुंगाले टाउकोमा हानेर प्रेमलाई लडाए। प्रेमले पनि दर्शनमाथि अन्य महिलासँगको सम्बन्धको आरोप लगाएकी थिइन्।

    घटनापछि प्रेम उठेनन् भन्ने देखाउन उनले प्रेमाकै सलले घाँटी कसेर खोल्सामा फालेका थिए। त्यसपछि राति ८ बजे दर्शन घर फर्किएको प्रहरीले जनाएको छ। घट्ना प्रेमसँग भेट भएको करिब डेढ घण्टामै भएको हो। घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - १२:३०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको