२३ वैशाख काठमाडौँ । संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ।मकालु गाउँपालिकास्थित रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो।
आइतबार राति तेस्रो क्याम्प पूरा गरी आराम गरिरहेको अवस्थामा राति ८ बजे मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारीले जानकारी दिनु भयो ।
उनका अनुसार उनको हृदयाघातको कारणले निधन भएको जानकारी आएको छ। मृतकको शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय र सहजीकरण भइरहेको छ ।
मृतक अमेरिकन नागरिक हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए।