२४ वैशाख काठमाडौँ पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नै घरको शौचालयमा लडेर घाइते भएका छन् ।
गए राति खुमलटारस्थित आफ्नै निवाुको शौचालयमा लडेर घाइते भएका हुन् । घाइते भएका ‘प्रचण्ड’को टाउकोमा चोट लागेको छ ।
उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचार गरी उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । चोट सामान्य रहेकोले अहिले अवस्था ठिक रहेको सचिवलयले बताए ।