Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको  वार्षिकोत्सव   प्रधानमन्त्री ओलीले उद्घाटन गरे 

गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको  वार्षिकोत्सव   प्रधानमन्त्री ओलीले उद्घाटन गरे 

जोईन खबर

२४, बैशाख २०८२
  • 901
    SHARES
  • गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको  वार्षिकोत्सव   प्रधानमन्त्री ओलीले उद्घाटन गरे 

    गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ आँ वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ। आज राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थिति रहेको छ ।

    images

    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको सभापतित्वमा कार्यक्रम भएको छ ।  गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो।गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो।

    images
    images
    images

    पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ।विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो।

    प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - १३:१२:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको