२४ वैशाख काठमाडौँ । पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि सम्पर्क विहीन भएका छन् ।
फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ ।
महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।