२४ वैशाख काठमाडौँ । सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता विराजभक्त श्रेष्ठले पाँचबुँदे सुझाव दिएका छन् । उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबार भएको छलफलमा सांसद श्रेष्ठले सरकार गम्भीर नदेखिएको भन्दै पाँचबुँदे सुझाव पेश गरे ।
सरकारले दीर्घकालीन सोच नराखेको, नीति तथा कार्यक्रम यथास्थितिमा आएको, अघिल्ला सरकारको प्रतिलिपीजस्तो मात्र देखिएको भन्दै उनले अर्थतन्त्रलाई गति दिन नीति तथा कार्यक्रममा आमूल परिवर्तन आवश्यक रहेको बताए ।
