२५ वैशाख काठमाडौँ । केही दिन पानी परे पछि काठमाडौँ लगायत केही देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ ।आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।
जनकपुरलगायतका शहरमा पनि तापक्रम ३६ देखि ३७ डिग्रीको आसपासमा रहने उहाँको भनाइ छ ।देशका धेरै ठाउँमा केही दिनदेखि परेको पानीका कारण केही शीतल भएकामा हिजोदेखि पानी पर्न कम भएपछि फेरि गर्मी बढेको हो । काठमाण्डौको तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।
यसैबीच आज पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।