२५ वैशाख काठमाडौँ । चितवन इच्छाकामना गाउँपालिका वडा न –२ मा कुकुरले टोकेर एक जनाको मृत्यु भएको छ । उक्त कुकुरले टोकदा इच्छाकामना गाउँपालिका वडा न –२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको हो ।
निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी बताउनु भयो । केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो ।
उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।