२५ वैशाख काठमाडौँ । आउदो जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो ।
घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने- ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ ।
हाम्रो घोषणा राजनीतिक दलहरुले चाहने हो भने उपरोक्त उद्देश्यहरु सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ ।साथै समितिले आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरुप हुने बताएको छ ।
घोषणा सभामा समितिका पदाधिकारी सहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको समेत उपस्थिति रहेको थियो ।