२६ वैशाख काठमाडौँ । रास्वपा नेता तथा प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानक्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् । परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् ।
विगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन् ।
विद्यार्थीको उद्धार सम्बन्धी मन्त्रालयले के कस्तो योजना बनाएको छ । इजरायलमा जस्तै चार्टर्ड फ्लाईट गरिन्छ भने, कुन अवस्थामा गरिनेछ । यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्नेखानेको व्यवस्था आदि तैयारी के कस्तो हुनेछ ।छिमेकी मुलुक भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा त्यहाँका विद्यार्थीको विवरण राखेर सरकारका योजनाहरू के कस्ता छन् । भने भनाइको प्रश्न गरिएको छ।