Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बिसीको  ‘जय श्रीराम’ भजनको भिडियो आज देखि सार्वजनिक

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बिसीको  ‘जय श्रीराम’ भजनको भिडियो आज देखि सार्वजनिक

जोईन खबर

२६, बैशाख २०८२
  • 748
    SHARES
  •  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बिसीको  ‘जय श्रीराम’ भजनको भिडियो आज देखि सार्वजनिक

    २६ वैशाख काठमाडौँ । काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीको आध्यात्मिक ऊर्जा र भक्ति भावनाले ओतप्रोत ‘जय श्रीराम’ भजनको भिडियो आज देखि  सार्वजनिक  भएको छ । शुक्रबार पोखराको गण्डकी कोटि होमबाट विशेष समारोहका बीच सार्वजनिक गरिने भएको हो । भजनको भिडियो विष्णुमाया पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।आर।बी।केसीको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यो भजन केवल एक गीत नभई शाश्वत प्रेम, श्रद्धा र समर्पणको आध्यात्मिक अभिव्यक्ति हो।

    images

    भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ । जसले प्रेम, शान्ति र धर्म मार्गतर्फ सबैलाई आकर्षित गर्छ।मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर बिसीको आत्मस्पर्शी गायन सुन्न सकिन्छ, जसमा हेमन्त भट्टराई, आर।बी। केसी र स्वयं गायकरगायिकाहरूको कोरसले दिव्यता थपेको छ।भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा प्रस्तुत छन्। निर्माण पक्षका अनुसार, उनको अभिनय काठमाडौँ महानगरका मेयर जस्तै ऊर्जावान्, प्रतिबद्ध र प्रेरणादायी छ।

    images
    images
    images

    भिडियो पोखरा, काठमाडौं र जनकपुरका विभिन्न आध्यात्मिक स्थलहरूमा तीन दिनसम्म रेड क्यामराबाट छायांकन गरिएको हो। टेकेन्द्र शाहको सम्पादन र एस।के। श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको छ । आज हुने भव्य सार्वजनिक कार्यक्रममा गीतकार, संगीतकार तथा निर्देशक आर।बी। केसी, गायकरगायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।निर्माण टोलीका अनुसार, ‘जय श्रीराम’ हालसम्मकै उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। 

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १५:१८:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको