Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तिलगंगा आँखा अस्पतालका  पूर्व कर्मचारी शल्यक्रिया उपकरण चोरीको आरोपमा पक्राउ ,१ लाख धरौटीमा छुटे

तिलगंगा आँखा अस्पतालका  पूर्व कर्मचारी शल्यक्रिया उपकरण चोरीको आरोपमा पक्राउ ,१ लाख धरौटीमा छुटे

जोईन खबर

२६, बैशाख २०८२
  • 616
    SHARES
  • तिलगंगा आँखा अस्पतालका  पूर्व कर्मचारी शल्यक्रिया उपकरण चोरीको आरोपमा पक्राउ ,१ लाख धरौटीमा छुटे

    २६ वैशाख काठमाडौँ ।काठमाडौँको  तिलगंगा आँखा प्रतिष्ठान अस्पतालको औषधी चोरीको आरोपमा एक पूर्वकर्मचारी पक्राउ परेका छन् । पक्राउ पेरका कर्मचारीले   तिलगंगा आँखा  अस्पतालको को लाखौं मूल्य पर्ने शल्यक्रिया उपकरण चोरी गरेर नेपालगञ्जको फत्ते बाल आँखा अस्पताललाई बिक्री गरेको आरोपमा  पक्राउ परेका हुन् ।

    images

    उक्त सामाग्री बेचबिखन गर्नै व्यक्ति तिलगंगा आँखा अस्पतालकै एक पूर्व कर्मचारी फेला परेका छन्।तिलगंगामा काम छोडेपछि मेडिकल उपकरणको व्यापार गर्न थालेका हरिनारायण भिनवार चोरी आरोपमा पक्राउ परेका हुन्।भिनवारले तिलगंगा आँखा अस्पतालले किनेर आफ्नो काममा प्रयोग गरिरहेको मोतिविन्दुको शल्यक्रियामा प्रयोग हुने फाको ह्याण्डपिस चोरी गरेर नेपालगञ्जको फत्तेबाल आँखा अस्पताललाई बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले उक्त उपकरण फत्तेबाल आँखा अस्पतालबाट बरामद समेत गरिसकेको छ।

    images
    images
    images

    आरोपी भिनवारविरुद्ध मुद्दा दर्ता भइसकेको छ।अनुसन्धानमा खुलासा भएअनुसार ६ वर्ष अघिसम्म भिनवार तिलगंगा अस्पतालमै कार्यरत थिए।तिलगंगाले भ्याटबाहेक ५ लाख ५८ हजारमा खरिद गरेको थियो।  यो उपकरण अस्पतालले ग्रामीण क्षेत्रमा आँखा शिविर संचालन गर्दा प्रयोग गर्ने गरेको र अस्पतालकै कर्मचारी नामखेन लामाको जिम्मामा रहेको खुलेको छ। लामाको जिम्मामा यस्ता तीनवटा फाको ह्याण्डपिस रहेकोमा अहिले २ वटा मात्रै रहेको र एउटा हराएको समेत खुलेको छ।

    आरोपी भिनवारले आफूलाई फत्तेबाल आँखा अस्पतालले यो सामान खरिद गर्न माग गरेकोले आफूले भारतबाट खरिद गरेर अस्पताललाई बिक्री गरेको बताए । फत्तेबाल आँखा अस्पतालमा फेला परेको सामान तिलगंगाले नै खरिद गरेको सामान भएको पुष्टि भयो । जिल्ला अदालत काठकाडौंमा यस विषयमा मुद्दा चलिरहेको छ र आरोपी भिनवार अहिले १ लाख धरौटीमा छुटेका छन्।

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १५:४७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको