Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेठ १५ गते राजावादीको सपना साकार नहुने : प्रधानमन्त्री ओली

जेठ १५ गते राजावादीको सपना साकार नहुने : प्रधानमन्त्री ओली

जोईन खबर

२८, बैशाख २०८२
  • 883
    SHARES
  • जेठ १५ गते राजावादीको सपना साकार नहुने  : प्रधानमन्त्री ओली

    २८ वैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ गते राजावादीको सपना साकार नहुने बताएका छन्।प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र, संविधानभित्र रहेर कुरा गर्न सिक्न राजावादीलाई आग्रह गरेका हुन्।

    images

    कानुनको दुहाइ दिएर माइक फुट्नेगरी कराउने साथीहरू आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लाने कुरा गर्नुहुन्छ। जेठ १५ गते, यसपटकको जेठ १५ गते होइन अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईंको सपना साकार हुनेछैन, भनेका छन् । आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा जबाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले भने।

    images
    images
    images

    नवराज सुवेदी नेतृत्वमा जेठ १५ गतेदेखि राजावादीहरूले ुजनआन्दोलनु गर्ने घोषणा गरेका छन्।उक्त घोषणाप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले प्रतिगामी सपना काम नलाग्ने र यसमा जोड नगर्न राजावादीहरूलाई आग्रह गरे। सुवेदी नेतृत्वको ुसंयुक्त जनआन्दोलन समितिु ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्न लागेका छन्।

    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १४:३८:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको