Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न प्रचण्डले आग्रह गरे

धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न प्रचण्डले आग्रह गरे

जोईन खबर

२८, बैशाख २०८२
  • 1.1K
    SHARES
  • धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न प्रचण्डले आग्रह गरे

    २८ वैशाख काठमाडौँ ।  पूर्व प्रधानमन्त्री तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न आग्रह गरेका छछन् ।  माओवादी निकट किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादी सँगै हिँड्नु भनेका हुन् ।

    images

    मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ भनेका छन् ।

    images
    images
    images

    माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए ।

    हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’

    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १६:१९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको