Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आठौं  बीएनए बास्केटबल मंगलबारदेखि

 आठौं  बीएनए बास्केटबल मंगलबारदेखि

जोईन खबर

२९, बैशाख २०८२
  • 874
    SHARES
  •  आठौं  बीएनए बास्केटबल मंगलबारदेखि

    २९ वैशाख काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।प्रतियोगितामा २ विधामा २४ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images

    जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी हुने छन् । दुवै समूहको सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को–ओर्डिनेटर सन्तोष फुयालले बताए ।

    images
    images
    images

    जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ । जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।बीएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निमार्ण गरेको छ । पुनर्निमार्ण गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।

    प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - ११:५०:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको