३१ वैशाख दोहा कतार। स्याङ्जा सेवा समाज कतारद्वारा २० औँ वार्षिक उत्सव को अवसरमा अनाथ तथा असाय बालबालिकाहरूको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम २०२५ हुन गर्ने भएको छ ।
उक्त बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ र रामचन्द्र ढकाल कतार आउने भएका छन्।
नेपालबाट आमन्त्रित कलाकारहरूसँगै सोही कार्यक्रममा नौमती बाजासहित स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति र प्रत्यक्ष दोहोरी पनि रहेको आयोजकले जानकारी दिएको छ।
कार्यक्रम यही मे १६ २०२५ का दिन ट्युनिसियन स्कुल अल लक्ता कतारमा हुने र कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य अनि भव्य तरिकाले सफल बनाउनका लागि सम्पूर्ण कतारमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई आयोजकले निमन्त्रणा गरेको छ।कार्यक्रममा सहभागी हुनको लागि कतारका विभिन्न स्थानहरूबाट यातायातको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ।