१ जेष्ठ काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएसंगै छापा मारिएको छ । नक्काली डकुमेन्ट छाप्ने थाहा भए पछि कारखानामा प्रहरीले छापा मारेर कार्यालय बाट तीनजनालाई पक्राउ गरेको हो ।काठमाडौँ तारकेश्वर नगरपालिका वडा न ७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।
छापा मार्दा उक्त घटनाबाट पक्राउ पर्नेमा जिल्ला गोरखाको भीमसेन थापा गाउँपालिका वडा न -१ मसेल घर भएकी अञ्जनी बयलकोटी, जिल्ला ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का र जिल्ला मकवानपुर कैलान गाउँपालिका वडा न -२ की घर भएका अञ्जु खत्रीलाइृ प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । प्रहरीले हिजो पक्राउ गरेका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।
उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति विदेश जानको लागि डिपेन्डेन्ट भिसाको नक्कली विवाह दर्ता प्रमाणपत्र लगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भई रहेको छ ।




