१ जेष्ठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्न निषेध गरिएको छ । पौडी खेल्दा डुब्ने खतरा भएका स्थानमा पौडी खेल्न निषेध गरिएको हो । उक्त दरौदी नदीको घुमाउने रह र झलुङ्गे पुल मुनीको क्षेत्रमा पौडि खेल्न निषेध गरिएको हो ।
अहिलेको लागि संकेत गरेर भित्तामा लेखिएको छ तर पछि ठुलो बर्ष हुदा पानीले ढुङ्गामा लेखिएको मेटिन सक्छ त्यही भएर बोर्ड बनाएर राख्ने तयारी गरिरहेका वडा हध्ले बताउनु भयो । वर्षेनी जस्तो पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेकोले सो क्षेत्रहरुलाई निषेधित गरिएको हो ।
गर्मी याममा नदी सानो देखेर पौडि खेल्ने गर्छन्, तर, गहिराई धेरै भएकोले डुब्ने सम्भावना धेरै हुन्छ । आगामी दिनमा त्यस्ता खालका घटना नघटोस् भन्नलाई निषेध गरिउकाे हाे । निषेधित गरिएका क्षेत्रमा पौडी खेल्ने माछा मार्ने जस्ता क्रियालाप गरेको भेटाएका कारवाही समेत गरिने उनले बताए ।