Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटार नगरपालिकामा विकासको  गति  तिब्र रुपमा अघि बढदै

पालुङटार नगरपालिकामा विकासको  गति  तिब्र रुपमा अघि बढदै

जोईन खबर

२, जेठ २०८२
  • 709
    SHARES
  • पालुङटार नगरपालिकामा विकासको  गति  तिब्र रुपमा अघि बढदै

    २ जेष्ठ काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा विकासले गतिले तिब्र लिदै गएको छ । उक्त पालिकाको नेतृत्व  विवश चिन्तनले गदै आएका छन् । विकासको  २०७४ सालको निर्वाचनमा पराजय भएका उनले २०७९ को स्थानीय तह निर्वाचनमा विजयी हासिल गर्दै पालुङटारलाई प्रगतिपथमा अघि बढिरहेका हुन् । उनी नगरपालिकाको नेतृत्वमा आएपछि  पालुङटारबासीका समस्यालाई बुझेर सोही अनुरुप कार्य अघि बढाए । १० वटा वडा कार्यालय रहेको पालुङटारका धेरै सडकको डिपिआर भएको तर बजेट नपुग्ने सम्भावना देखेका उनले त्यसलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् । तीन वर्षको अवधिमा के(के भए काम रुविवस चिन्तन नगर प्रमुखमा निर्वाचित भएको तीन वर्ष पुगेको छ ।

    images

    उनी नगरबासीका मागलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् । नगरलाई समृद्धिको पथमा डोर्‍याउने लक्ष्यका साथ अघि बढिरहेका उनले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् ।नगरपालिकामा दूध र मासुमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा दैनिक रूपमा करिब १३०० लिटर दूध निर्यात भइरहेको छ । नगरपालिकामा ३५० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ भने १६० मेट्रिक टन क्षमताको अर्को कोल्डस्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगारबाट फर्किएका युवालाई पालुङटारमै आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरक्षित र मर्यादित पुनः स्थापना कसरी गर्ने भन्ने विषयमा अभियान सञ्चालन गरिएको छ, जुन सुरक्षित आप्रवासन कार्यक्रममार्फत लागु गरिएको हो ।पालुङटारमा हाल ६२० किलोमिटर सडक रहेको छ ।

    images
    images
    images

    कच्ची सडकहरूमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा ढलान, पिच र स्तरोन्नतिको काम भइरहेको छ ।प्रदेश सरकारले आँपिपल अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेपछि सो अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । हाल प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन गरिरहेको छ । चार वटा सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइएको छ । स्मार्ट तथा नमुना विद्यालयमा स्टाफ नर्सको व्यवस्था गरिएको छ । वडा नम्बर २ र ३ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरवासीलाई स्थानीय स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने प्रयास गरिएको छ ।नगरप्रमुखको पहलमा ‘प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम’ र नगर उपप्रमुखको संयोजनमा ‘अभिभावकविहीन तथा अति विपन्न विद्यार्थी सहायता कार्यक्रम’ सञ्चालन गरिएको छ । जसअन्तर्गत हालसम्म १२१ जना विद्यार्थी लाभान्वित भएका छन् ।

    नगरस्तरीय महिला सञ्जालमार्फत महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिमहरू ९टुना टपरी बनाउने, साबुन बनाउने, महिला नौमती बाजा सञ्चालन, अटो सवारी० गायतका कार्यक्रम सञ्चालन गरिएका छन् ।हालै देशभर चर्चामा रहेको सहकारी संकटसँगै पालुङटार नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका ५८ मध्ये १० वटा सहकारीको दर्ता खारेज गरिएको छ । विभिन्न सहकारीमा ठुलो रकम हिनामिना भएको गुनासो र सूचना प्राप्त भएपछि नगरपालिकाले सहकारी अध्ययन समिति गठन गरेर उक्त समिति सक्रिय रूपमा अनुसन्धान कार्यमा जुटिरहेको छ ।

    शिक्षामा ठुलो लगानी भएपनि अपेक्षित नतिजा नआएपछि नगर शिक्षा समितिको सिफारिसमा अध्ययन कार्यदल गठन गरिएको छ । सो कार्यदलको प्रतिवेदनका आधारमा विभिन्न विद्यालयहरूको गाभ्ने तथा दरबन्दी मिलानको कार्य अघि बढाइएको छ । यसबाट आगामी दिनमा विद्यालय शिक्षाको गुणस्तरमा सुधार आउने नगरपालिकाले विश्वास लिएको छ ।नगरपालिकामा हालसम्म २ हजार २ सयभन्दा बढी किसान सूचीकृत भइसकेका छन् ।  सामाजिक सुरक्षा भत्ता प्रत्येक टोलमै पुग्ने व्यवस्था मिलाइएको छ । 

    प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - १४:२०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको